कोरोनाको खोप नेपालले उत्पादन गर्न प्रयास किन नगर्ने ?

91

— राज्यलक्ष्मी शाक्य

बेलायत र फ्रान्समा कोरोना भाइरस संक्रमण दर फेरी बढेको छ । मृत्युदर पनि बढेको पाइएको छ । यसले स्पष्ट गर्छ कि कोरोना संक्रमणको  संकटबाट विश्व समुदायले अभैm उन्मिुक्त पाउन सकेको छैन ।  विश्वका मानव समुदायलाई कोरोना भाइरसले एक पछि अर्को ताण्डव देखाइरहेको छ ।

छिमेकी देश चिनमा पुनः एकचोटी ‘डेल्टा भेरियन्ट’ संक्रमण फैलिएको विभिन्न संचार माध्यममा बाहिरिएपछि चीन सचेत  बनिसकेको छ । चीनले आवागमनलाई कडाई गरिसकेको छ । स्कुलहरु सञ्चालन गरिएका भए पनि सावधानी निक्कै अपनाइएको छ । सीमा सुरक्षा कानुन बनाइएको छ । यसबाट स्पष्ट हुन्छ चीनले संक्रमण बढ्न दिने छैन ।  चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । यसको प्रत्यक्ष असर नेपाललाई नपर्ला भन्न सकिन्न । तसर्थ नेपाल सरकार बेलैमा सतर्क बन्नु पर्ने देखिन्छ ।

चिनियाँ जनस्वास्थ्यविद्हरूका अनुसार सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी समेत दिइएको छ । गत हप्ता चीनमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १ सय ६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’ मा बढी संक्रमण देखिएको पाइएको छ ।

गत अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।  संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ । यसले पुष्टि गर्दछ भाइरसको प्रजाती धेरै फरक छैन ।

यसैबीच कोरोना विरुद्धको फाइजर खोप नेपालमा  आइपुगेको छ । कतार एयरवेजबाट गत सोमबार बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको जनाइएको छ । उक्त खोप स्वास्थ्य मन्त्रालयले बुझिसकेको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप अनुदानमा उपलब्ध भएको जनाइएको छ ।  खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको जनाइएको छ । फाइजरको खोपको गाइडलाइन बनाउने कार्य समेत भइसकेको छ । फाइजर खोपलाई कात्तिक २८ गतेपछि लगाउने योजना बनाइएको थाहा भएको छ ।  उक्त खोप नेपालमा ट्रयलको रुपमा प्रयोग गरिने जनाइएको छ । नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले  युनिसेफले १०० लिटर  क्षमताको ४ वटा फ्रिज  पनि उपलब्ध गराएको छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको  जनाइएको छ ।  उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ । कोरोना संक्रमण रोक्नका लागि खोप अभियान निक्कै खर्चिलो हुन सक्ने देखिन्छ । नेपाल जस्ता विकासोन्मुख देशका लागि खोप खरिद गरेर लगाउन सकिने अवस्था छैन । दोस्रो खोप लगाइसकेकाहरुले  पनि  १० महिना पछि अर्को खोप लगाउनु पर्ने बाध्यता रहने  छ । तेस्रो खोप लगाउदा सम्म नेपालले खोप उत्पादन गर्न सक्ने सम्भावना पनि देखिदैन । नेपाल सरकारले खोप उत्पादन तर्पm कुनै चासो देखाएको छैन । नेपाल प्रशस्त औषधीजन्य जडिबुटीहरुको भण्डारण भएको देश हो । तर यो देशमा औषधी बनाउने चासो सरकारको नभएर नेपाली जनताले बाहिर बाटै आयातित औषधीमा निर्भर हुनु पर्ने अवस्था छ ।   -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here