अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अमेरिका न्यूह्यामसायरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जयन्तीको अवसरमा विविध कार्यक्रम गरेको छ। अनेसास न्यूह्मसायरको वार्षिक साधारण सभा तथा ११३ औ लक्ष्मी जयन्तीको अवसरमा विविध रचना वाचन तथा देउसी भैलो कार्यक्रम गरिएको हो।
प्रा.डा. रूद्र अर्याल, रामचन्द्र भण्डारी, सुशील नेपाल, हरिकुमारी गुरूङ, युवराज मैनाली, महेश्वर पन्त स्तुति खतिवडा, प्रेमसागर खतिवडा, जुनिपर, विदिसा, दीक्षिता, सिनोरा गुरूङलगायतको समूहले रचना वाचन, देउसी भैलो र नृत्य प्रस्तुत गरे।
सो अवसरमा अनेसास न्यूह्यामसायरको आठौं साधारणसभासमेत गरिएको थियो। साधारणसभाले नयाँ नेतृत्व चुनेको छ । हरिमाया अधिकारीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्ष राम श्रेष्ठ, महासचिव राधा थापा, सचिव नन्द शर्मा अनी कोषाध्यक्ष सुवास श्रेष्ठ रहेका छन्। त्यस्तै सदस्यहरुमा निगम रिमाल, घनश्याम शर्मा दाहाल, तारादेवी न्यौपाने र उषा गुरूङ रहेका छन्।
अध्यक्ष अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको निर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान गरे भने, निर्वाचन मण्डलका डा. रूद्र अर्याल र क्षत्रकुमारी गुरूङले खादा लगाइ शुभेक्षा व्यक्त गरेका थिए।


















