महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बरमा

153

काठमाडौं । पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ। प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले भाग लिने निश्चित भएको हो।

अर्को महिना हुने च्याम्पियनसिपका सबै खेल ढाकास्थित वीर शेरेस्थ सहिद सिपाही मेस्तफा कमाल रंगाशालामा हुने आयोजकले जनाकारी दिएको छ। च्याम्पियनसिपमा पाँच टिमको एउटा समूहले सबै राउन्ड रोबिन शैलीमा खेल्नेछन्।

समूहको शीर्ष र दोस्रो स्थानमा रहने टिमले फाइनल खेल डिसेम्बर २२ मा खेल्नेछन्।

नेपालले पहिलो खेल नै आयोजक बंगदेशसँग नै खेल्नेछ। जुन खेल डिसेम्बर ११ मा हुनेछ। त्यस्तै, नेपालले दोस्रो खेल अक्टोबर १५ मा श्रीलंकासँग र तेस्रो खेल अक्टोबर १७ मा भुटानसँग खेल्नेछ।

समूह चरणको अन्तिम खेल अक्टोबर १९ मा भारतविरुद्ध खेल्नेछ।

यस्तो छ प्रतियोगिताको पुरातालिका

डिसेम्बर ११ : भुटान र श्रीलंका

डिसेम्बर ११ : बंगलादेश र नेपाल

डिसेम्बर १३ : बंगलादेश र भुटान

डिसेम्बर १३ : भारत र श्रीलंका

डिसेम्बर १५ : नेपाल र श्रीलंका

डिसेम्बर १५ : भारत र भुटान

डिसेम्बर १७ : बंगलादेश र भारत

डिसेम्बर १७ : नेपाल र भुटान

डिसेम्बर १९ : नेपाल र भारत

डिसेम्बर १९ : बंगलादेश र श्रीलंका

डिसेम्बर २२ : फाइनल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here