पूर्व युवराज्ञी हिमानी शाह वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चनामा

158

पर्सा । पूर्व युवराज्ञी हिमानी शाह बुधबार साँझ वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना गरेकी छिन् ।
वीरगन्जको घडिअर्वा छठ घाटमा पूर्व यवराज्ञी हिमानी शाह ।

छठ पूजाको समयमा नेपालमै सर्वाधिक चर्चामा रहने वीरगन्जको घडिअर्वा छठ घाटमा पूर्व राजसंस्थाका प्रमुख व्यक्तिको आगमन भएको यो सम्भवतः पहिलो पटक हो । शाहले घडिअर्वा पोखरीको मध्य भागमा निर्मित सूर्य मन्दिरमा पूजाअर्चना गरेर फर्किएकी छिन् ।

छठी माताको दर्शनको लागि आउँदा घाट केही बेर अस्तव्यस्त बन्न पुगेको थियो । साँझ करीब ५ बजेर ४५ मिनेटमा घाटको १ नम्बर गेटबाट शाह घाटमा प्रवेश गर्दा ठीक त्यसै समय व्रतालु तथा उनीहरुका आफन्त सोही गेटबाट बाहिरिदै थिए ।

केही महिला सुरक्षाकर्मी तथा राजसंस्था समर्थकहरुले त्यहाँ शाहसँग सेल्फी खिच्‍न खोजेपछि उनले फेस मास्क खोलेकी थिइन । त्यसै, क्रममा उनले त्यहाँ उपस्थित समर्थकहरुलाई अभिवादन फर्काएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here