काठमाडौं । आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ। जन्मिँदा ती शिशुको तौल एक पाउन्डभन्दा कम थियो।
सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ। तर कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए।
उनकी आमा मिशेल बट्लरलाई सन् २०२० को जुलाई ४ मा प्रसवपीडा सुरु भएपछि अस्पताल पुर्याइएको थियो।भोलिपल्ट उनले जुम्ल्याहा बच्चा कर्टिस र सीअआस्यालाई जन्म दिइन्। तर अर्को दिन सीआस्याको मृत्यु भयो।
समयभन्दा त्यति अगाडि जन्मिने बच्चा बाँच्ने सम्भावना निकै कम हुने बताइन्छ। यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम शिशु मात्रै जीवित रहन्छन्।


















