प्रेम कथा समावेश भएकाे ‘जुन जस्तै’ म्यूजिक भिडियाे सार्वजनिक

208

काठमाडाैं  ।  अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय रहेको जुन जस्तै बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।   दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित फोटोग्राफर कुबेर तामङ्गले निर्देशनगरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ ।

भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ ।

गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ ।  भिडियोलाई सबै दर्शक श्रोता, सञ्चारकर्मीहरुले हेरिदिन र सक्दो शेयर गरेर सहयोग गरिदिनु हुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा टिमले जनाए ।  भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here