कानुन व्यवसायीको धर्ना सर्वोच्चको मूलगेटमा

104

काठमाडौं । नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीहरूले शुक्रबार पनि धर्ना जारी राखेका हुन्। धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएको छ।

बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई ‘अल्टिमेटम’ दिएको छ। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै अदालत प्रवेशमा अवरोध गर्न र प्रहरी लगाएर दमन गर्ने कार्यको विरोध गर्दै शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले जनाए।

सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीहरु बिहीबार सर्वोच्चको वैकल्पिक गेटतर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष श्रेष्ठसहित नेपाल बार र सर्वोच्च बारका केही पदाधिकारीसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु ३ सातादेखि आन्दोलनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here