एस प्रदेश २ सरकारमा सहभागी

56

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री थपेका छन्। एकीकृत समाजवादीका शत्रुधन महतो र प्रमोद यादव मन्त्री बनेका हुन्। महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

उनीहरूलाई आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ दिलाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here