काठमाडौं । पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।
विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्यान गुज्रिसकेका र शङ्कास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ । यो वर्ष मात्र भिसा सकिएर बस्ने सयभन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

















