प्रचण्ड-विप्लव एकताको आधार वैज्ञानिक समाजवाद !

136

नेपालको राजनीतिक बजारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लवबीचको भेटवार्ताले निक्कै चर्चा पाएको छ । प्रचण्ड र विप्लव नेतृत्वका पार्टी एकीकृत हुँदैछन भन्ने चर्चालाई व्यापक बनाइएको छ । यस्तो सम्भावना छ त ? प्रश्न जताततै सोध्ने गरिएको छ । तर जवाफ प्रचण्डसँग होइन र विप्लवसँग पनि होइन, प्रत्येक प्रश्नकर्ताले आपैmसँग यो प्रश्नको उत्तर पाउने अवस्था छ । यी दुई पार्टीबीच एकता किन ? एकताको आवश्यकता चुनावी नतिजामा सरकार बनाउने हैसियत प्राप्त गर्ने प्रचण्डको चाहना छ । के त्यही नतिजा प्राप्त गर्नका लागि एकता ? तर विप्लवलाई त्यो सरोकारको छैन, त्यसैले विप्लवको लागि नेपालको आर्थिक अवस्थामा समृद्धि ल्याउने र नेपाली जनतालाई वैज्ञानिक समाजवादको अनुभव गराउने चाहना स्पष्टै छ ।

वैज्ञानिक समाजवादका लागि प्रचण्डले सहमति जनाउने अवस्था छ त ? यो प्रश्नको उत्तर प्रचण्डबाट मात्र आउन सक्छ । केही समयअघि प्रचण्डले आफ्नै पार्टीको आन्तरिक कार्यक्रममा भन्नु भएको थियो  — मेरो पार्टीमा मेरो उत्तराधिकारी बन्ने हैसियत भएको नेता मैले देखेको छैन । अत्यन्तै निराशाजनक प्रस्तुतिका बीच  यस्तो अभिव्यक्ति प्रचण्डबाट आएको थियो । निराशा यहाँसम्म देखिएको थियो थियो प्रचण्डले आत्महत्या गर्नेसमेत चाहना व्यक्त गर्नु भएको थियो । प्रचण्डको यो अभिव्यक्तिले उहाँ राजनीतिबाट थाक्नु भएको सन्देश बुझ्न सकिन्छ । यो अभिव्यक्तिबाट मात्र होइन । प्रचण्डका हरेक कृयाकलापहरुबाट उहाँ थाक्नु भएकै सन्देश दिइरहनु भएको छ ।

प्रचण्ड १० वर्षे सशस्त्र युद्धका कमाण्डर भएकाले उहाँप्रतिको आकर्षण अझ पनि कायमै छ । तर प्रचण्डका हालका कृयाकलाप जस्तै ०५२ साल भन्दा पहिल्यै भईदिएका भए उहाँलाई नेता मानेर सशस्त्र युद्ध गर्ने निर्णय पार्टीले गर्न सक्ने थिएन । त्यो बेला प्रचण्डको विचार वास्तवमै आजका विप्लवको जस्तो थियो । त्यसैले प्रचण्डको राजनीतिक पलायन अपत्यारिलो लाग्दछ । विप्लवसँगको सहकार्य वा पार्टी एकता प्रचण्डको लागि आवश्यकता हुन सक्दछ तर विप्लवको लागि आवश्यकता हुन सक्दैन ।

प्रचण्डले आफ्नो पार्टीमा नेतृत्वको उत्तराधिकारी नदेख्नु र विप्लवले एउटा पार्टीको नेतृत्व हाकिरहेको अवस्थाले पनि प्रचण्डलाई उत्तराधिकारीको आवश््रयकता पूर्ति विप्लवबाट हुन सक्ने देखिन्छ । विप्लवले अन्य क्रान्तिकारीधारका कम्युनिष्ट नेताहरुको पनि विश्वास आर्जन गरेका छन् । प्रचण्डकै सहयात्री गुरु मोहनबैद्य ‘किरण’ ले समेत विप्लवप्रति भरोसा लिनु भएको देखिन्छ । वैज्ञानिक समाजवादको सवालमा बैद्य र विप्लव निकट भएको अवस्था छ । त्यसैले पनि प्रचण्डको सहमति बैज्ञानिक समाजवाद स्थापनाको सवालमा हुन सक्ने हो भने विप्लवले नेतृत्वको उत्तराधिकारी पाउने गरी प्रचण्डसँगको सहयात्रा स्वाभाविक हुनसक्दछ । प्रचण्ड कम्युनिष्ट आन्दोलनको नेतृत्वका लागि अव असफल भइसक्नु भएको देखिन्छ । त्यसैले प्रचण्डको नेतृत्वमा विप्लवको सहयात्रा सम्भव देखिदैन ।

गत शनिवार विप्लवसहितका केही नेताहरूले प्रचण्डसँग भेट गरेका छन् । उक्त भेटमा तत्काल सहकार्य गर्ने र भविष्यमा एकता गर्ने विषयमा छलफल भएको प्रचण्ड पक्षबाट प्रचार गरिएको छ । स्रोतका अनुसार प्रचण्डले आफूपछिको नेतृत्व विप्लवलाई हस्तान्तरण गर्ने आश्वासनसमेत दिनु भएको छ । प्रचण्ड एकाएक विप्लवप्रति नरम हुन थालेपछि माओवादी केन्द्रको नेतृत्वमा पुग्ने आकांक्षा राखेकाहरु भने झस्किएका हुन सक्दछन्, तर नेतृत्वभन्दा कम्युनिष्ट आन्दोलन परिणाममा पुग्नु आवश्यक हुन्छ । त्यसैले झस्किने भन्दा खुशी हुने वातावरण बनाउनु पर्छ । १० बर्षे जनयुद्धको लक्ष्य के थियो ? १७ हजार नेपाली जनताले रगत किन बगाएका हुन् ? यी दुई प्रश्नलाई केन्द्रमा राखेर पार्टी एकता वा सहकार्य जे सुकै पनि सहमति गर्दा त्यस्ले देशमा शुभसन्देश दिनेछ । नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित बनाउन पनि त्यस्तो सहमतिले परिणामदायी भूमिका निर्वाह गर्नेछ, आगे सबैलाई चेतना !  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here