मार्क्सवाद विकासको इतिहास पुस्तक प्रकाशित

328

काठमाडौं । मार्क्सवादी लेखक हस्तबहादुर केसीद्वारा लिखित ‘मार्क्सवाद (विकासको इतिहास)’ नामको किताब  प्रकाशित भएको छ । अन्तर्राष्ट्रिय लेखक-पत्रकार केन्द्रले प्रकाशन गरी बजारमा ल्याएको हो । साे पुस्तकमा दर्शनशास्त्रको संक्षिप्त ऐतिहासिक विकास सहितको विश्लेषण तथा मार्क्सवादको जन्म र माक्र्सवादको विकासक्रममा, मार्क्सवाद–लेनिनवाद –माओवादसम्मको विकासक्रमका सन्दर्भमा विषयवस्तु प्रस्तुत गरिएको छ ।

लेखककै शब्दमा प्रस्तुत पुस्तकमा कार्ल माक्र्स ९१८१८ – १८८३० देखि एंगेल्स, लेनिन, माओत्सेतुङ ९१८९३ – १९७६० सम्मका विश्वसर्वहारावर्गका महान् गुरूहरुको प्रमुख योगदानहरुलाई समेट्न र वर्तमान सन्दर्भका समस्याबारे पनि उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी०का केन्द्रीय सदस्य समेत रहनु भएका केसीले पुस्तकमा मार्क्सवादी धाराका साथै गैरमार्क्सवादी धारा अर्थात् संशोधनवादी धाराका विभिन्न प्रवृत्तिहरुका वारेमा समेत चर्चा गर्ने प्रयत्न गरेका छन् ।

आज मार्क्सवादका विरुद्ध विभिन्न रुपमा प्रतिक्रियावादी मात्र होइन संशोधनवादी पनि लागि परेका अवस्था, एकथरी संशोधनवादीहरुले खुला रुपमा नवउदारवाद तथा संसदवादको पक्षपोषण र अर्काथरी संशोधनवादीहरुले विज्ञान तथा प्रविधिको विकासले मानिसलाई होइन, प्रविधिलाई प्रमुख बनाई दियो भन्दै मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तका विरुद्ध पुँजीवादकै पुर्पक्ष गर्न गइरहेका आजको स्थितिमा सैद्धान्तिक रुपमा ती सबै गैरमाक्र्सवादी विचार र प्रवृत्तिहरुका विरुद्ध लड्न लेखक केसीको पुस्तक उपयोगी देखिन्छ ।

प्रस्तुत पुस्तकलाई सात खण्डमा तयार पारिएको छ । पहिलो खण्डमा दर्शनको विकासको इतिहास, दोस्रो खण्डमा मार्क्सवादी दर्शन, तेस्रो खण्डमा ऐतिहासिक भौतिकवाद, चौथो खण्डमा – साम्राज्यवाद र सर्वहाराक्रान्तिको युगको दर्शन, पाँचौ खण्डामा – वैज्ञानिक संशोधनवाद, छैठौ खण्डमा– संशोधनवादको जन्म र विकास र सातौं सर्वहारावर्गका महान् नेताहरुको योगदानका विषयहरुलाई संकेन्द्रित गरिएको छ ।

यसअघि लेखक केसीका मार्क्सवादी दर्शन सम्बन्धी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे ९२०५९० माक्र्सवादका आधारभूत सिद्धान्तहरु ९२०६३० र माक्र्सवादी दर्शनको रुपरेखा ९२०६७० शीर्षकमा तीनवटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

पुस्तकको लेखकीयमा लेखक केसीले लेख्नुभएको छ, “मार्क्सवादी दर्शनशास्त्र जस्तोे विशाल तथा गहन विषय भएको र मार्क्सवादको विकासको विषय पनि एक वैज्ञानि तथा अत्यन्तै विशाल र गहन विषय भएकाले विद्वान पाठकहरुले चाहे जस्तो, सोचे जस्तोगरी सबै विषयहरु प्रस्तुत गर्ने कार्य धेरै कठिन विषय हो नै, त्यसमा मेरो अध्ययन, र लेखनको क्षमताका सिमाहरु पनि अवश्यै रहन सक्छन् । त्यसको वावजुद स्कुलिङका लागि वढि उपयोगी हुने कुरालाई मध्यनजर राखेर यो पुस्तक तयार पारेको छु । मेरो यस प्रकारको लेखनले नेपालको माक्र्सवादी दर्शनशास्त्रको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हुनेछ र उत्तरमाक्र्सवादी, नवसंशोधनवादी तथा नवमाक्र्सवादीको बिगबिगी बढिरहेको आजको सन्दर्भमा मेरो यर पुस्तकले माक्र्सवादका तमाम अध्येताहरुलाई नयाँ तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने छ भन्नेमा म विश्वस्त छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here