काठमाडाैं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आईएमई पे” ले हवाई उडान टिकटमा गएकाे श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ।
पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने व्यक्ति वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडान टिकट काट्नेहरुले आईएमई पे एप मार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २ सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने भएका छन् ।
पहिलो पटक आईएमई पे एप प्रयोग गर्नेहरू वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडान टिकट काट्नेहरू मात्र यो स्किममा सहभागी हुन पाउनेछन् ।

















