सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

32

काठमाडौं । संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उहाँको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here