हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ ।

64
राकेश कुमार शर्मा, स्वतन्त्र नेपाली नागरिक
हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ । अब सेनाहरु तत्काल ब्यारेक बाट बाहिर निस्कनुपर्ने अवस्था आएको छ । मुलुकमा अब सेनाहरु आफै अघि बढने कि ? सेनाहरुले कसलाई साथ दिन उपयुक्त छ सेनाहरुले तत्काल सहि निर्णय लिनुपर्ने समय आएको छ । नेपाल बार एसोसिएशनको आन्दोलन कसको स्वार्थका लागि र के का लागि हो भन्ने कुरा प्रष्ट हुन र बुझ्न सकिएन ?
मुलुकमा जताततै अराजकता, विकृति, बेथिति, मनपरि र लथालिङ्ग भएको अवस्था छ । मुलुकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा को राजीनामाको विषयलाई लिएर न्यायपालिकामा हस्तक्षेप भइरहेको छ । अदालतबाट सेवाग्राही सेवाहरु पाउन नसकेको अवस्था छ । मुलुकमा अराजकता र अस्थिरता छ । मैले माने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणा शतप्रतिशत दोषी र गलत छन । शेर बहादुर देउवालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुले एक्कासि प्रधानमन्त्री बनाउँदा नेपाल बार एसोसिएशनले विरोध गरेन किन ? सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न नियम र कानुनले दिन्थ्यो र ? शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा नेपाल बार एसोसिएशन चुप र मौन किन ? यदि गजेन्द्र हमाललाई मन्त्री बनाएको विषयमा प्रधानन्यायाधीशको राजीनामाको मांग भइरहेको छ भने गजेन्द्र हमालले पनि मन्त्री बने लगत्तै राजीनामा दि सकेका थिए । नेपाल बार एसोसिएशनको आन्दोलन कसको स्वार्थका लागि र के का लागि हो भन्ने कुरा प्रष्ट हुन र बुझ्न सकिएन ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधमा नानाथरी कुराहरू प्रचारबाजी भइरहेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भन्दा अघि प्रधानन्यायाधीशको विरोध गरिएन किन ? वास्तविक रूपमा भन्नुपर्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र विवादित हुन कि तत्कालीन र भुतपुर्व प्रधानन्यायाधीशहरु पनि विवादित थिए भन्ने प्रश्न मुख्य हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मात्र सर्वोच्च अदालतको प्रणालीमा खराबीपन पक्कै ल्याएनन होला ? सर्वोच्च अदालतमा हालमा मात्र नभएर सर्वोच्च अदालत भित्र विकृति र बेथिति विगत देखि नै छ भन्ने मेरो बुझाई रहेको छ ।

आज न्यायपालिकामा हस्तक्षेप ? आउने दिनहरूमा भोलि जनपथ प्रहरी संगठनमा हस्तक्षेप, पर्सि सशस्त्र प्रहरी संगठनमा हस्तक्षेप र निकोर्सी सैनिक संगठनमा हस्तक्षेप हुने अवस्था देखिन्छ । मुलुकको भविष्य डामाडोल र अन्योल रहेको छ ।

राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भइसकेका छन । राजनीतिक दलहरुका नेताहरु संग कुनै भिजन नै छैन । मुलुकमा दलीय व्यवस्था असफल भएको छ ।

सेनाहरु आफै अघि बढने कि ? दलीय नेताहरूलाई नै साथ दि राख्ने कि ? प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लाई साथ दिने कि ? श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र श्री ५ युवराज्ञी हिमानी शाहलाई साथ दिने अब सेनाहरुले तत्काल सहि निर्णय लिनुपर्ने समय आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here