फरक प्रसँग फरक बिचार – “सम्झनामा आमा र महिला हिन्सा बिरुद्द को १६ दिने अभियान”

95

 मिराराज भण्डारी

महिला वा छोरी विद्यार्थी हुनाका अनेकन अनुभव छन । ती मध्ये केही खास लाग्छ । छोरी भएकै कारण हजुरआमाबाट पेलान गरिएका रमाइला प्रसँग बाहेक आमाबाट भने छोरी भएकै कारण बिशेष प्रोटोकोल अपनाउनु परेको थाहा छैन खासै । एउटा मात्र नरमाइला शब्द भने अझै पनि मनमा बिझी रहन्छ ।  दाईलाई निकै माया गर्ने । दाईसँगको खासै असन्तोष त थिएन तर सानोमा कहिलेकाही दाईले गल्ती गर्दा पनि “भै हाल्यो जे भए पनि छोरा जात हो, भोली मलाई दाग बत्ती दिने उही हो तिमी हरु काम लाग्ने होइन “ जस्ता कुरा गरेर दाईको गल्ती ढाक्नु हुन्थ्यो अर्थात दाईले दाईको गल्ती सजाय नपाउने । प्रालब्धका कुरा न हुन जब आमा बित्नु भो उहाँको दाग बत्ती दिनका लागि दाई बाँकी रहनु भएन ।

दाईको जिम्मेवारी मैले पुरा गरे । हाम्रो गुठीयार अनी बिशेष गरी मेरा ठुलाबा का छोरा दाईहरु निकै सभ्य र खुल्ला मनकारी, कुनै हस्तछेप गर्नु भएन । आमाको बिगतका शब्द सम्झेर मन गहुंगो बनेको थियो । त्यति बाहेक छोरा र छोरीमा बिभेद कहिले गर्नु भएन, गरेको याद छैन । न छोरी हो यो गर, त्यो गर, यो सिक आदी कहिले भन्नु भएन । मात्र घरमा श्राद्द, गुठी ,पूजा आदी हुँदा आफु सँगै काम सघाँउन भन्नु हुन्थ्यो र त्यही क्रममा जती आँफैले सिकिन्थ्यो सिकियो । जेठि दिदीलाई गोलोगोलो लप्ते, रहर लाग्दो दुना टपरी सिउन्दै गरेको, स्वेटर मोजा बुन्दै गरेको देख्दा आफु पनि सिक्न तम्सिन्थे मात्र । धुप बाट्ने र बत्ती कात्ने काम एक महर्जन समुदायेकि साथीबाट सिके खेल्दाखेल्दै , कुन चाँही मन्दिरका पूजा पालो परी रहने उनी हरुको घर जाने आउने क्रममा उनकी आमाले “ल आज एती धुप बात्नु, बत्ती कात्नु “भनी भाग लगार्इ मन्दिरतिर पालो दिन जानु हुन्थ्यो १ हामी खेल्दाखेल्दै बत्ती आदी बनाइ भ्याउथ्यौ ।

आमा जब स्वन्तीमा म्हस् पूजा , किजास् पूजा र पूजा कार्यका लागि जजन्काहरु घैला, “ताँप” मा कान्चो धागो बेरेर बनाइरहनु हुन्थ्यो म “म पनि बनाम मम्मी ? भनी अघी सर्दा पर्दैन सबै कुरा किन्न पाईन्छ खुरुक्क न पढ्न बस भनेर मायालु भाकामा गाली गरेर धपार्इ हाल्ने गर्नु हुन्थ्यो । हुन पनि जजन्का लिन मलाई अझै पनि आउँदैन र सिक्ने मन पनि हुँदैन । महिला हुनुको खास नरमाइलो अनुभब विद्यार्थी जीवनमा भोगे । त्यसपछी बिहे गरी अरुको घर गएपछि मात्र ।

कन्या स्कूल यत्खाः बहाल र भक्तपुरको विद्यार्थी निकेतन हुँदै पद्मकन्या स्कूल, पद्मकन्या क्याम्पस पुगे । जब कक्षा नौ पुगे मलाई टयुशन पढ्नु पर्‍यो अङ्रेजी र म्याथको । आमासँग थप पैसा माग्नु भन्दा आफु नि ट्युशन पढाउने सोचे । दिदी कै छिमेकी रन्जित्कारहरु थिए । ईन्द्र चोकको चुरा पसलका ब्यापारी ( ब्यस्त भएकै कारण दुई छोरीलाई पढाउने अबसर मिल्यो वतु टोलमा । दुई नानीहरु लाई पढाएको जम्मा १५० पाउथे । पहिलो पारीश्रमिक पाउदा निकै खुशी भये आफु ठूली र खुब जानिफ्कार बनेको महसुस भाको थियो । त त्यही १५० म आफ्नो दुइवटा ट्युशनको फी तिर्थे । बिहान दुई र तीन बजेबिच उठ्नु पर्थ्यो । तर आमा हुँदा खाजा चाँही रेडी सधै ।

जाउलो, उसिनेको फूल चिया तात्तातै खान पाइने बिहानबिहान। स्कूलको पढ्नु पर्ने रुतिन अनुसार किताब मिलाउने काम सके सम्म अघिल्लई दिन भ्याइ सक्थे । पाँच बजे घरबाट निक्ली सक्थे । भिमसेन गोलाबाट हिंडेर प्याफल पुग्थे , इङ्लिशको ट्युशन पढ्न । बिहान साँढे सातबजे सम्म इङ्लिश पढ्थे त्यतइबाट स्कूल पुग्थे पौने आठमा, स्कुल खाली नै हुन्थ्यो । फाईदा म आफ्नो ग्रिह्य कार्य गर्नलाई, पढेको दोहर्याउनलाई धेरै समय पाउथे । घरबाट लगेको बिस्कुत स्याउ नै खाना र खाजा हुन्थ्यो । आमाले दिनु भएको पैसा कम भन्दा कम खर्च गर्थे, जोगाउने बानी थियो !

त्यो जमानामा म सँग पच्चिस (सय तीन हजारको ब्यान्क ब्यालेन्स हुन्थ्यो मज्जाको कुरा नि । । तर बिहान हरियो स्कूल युनिफोर्ममा हिद्दा केटा हरु जिस्काउथे नरमाइलो लाग्थ्यो । साँझ साँढे तीन बजे स्कूल छुटे पछी हतारहतार घर पुगी अर्को कपदा फेरी फेरी ट्युशन पढन म्याथको र पढाउन जान्थे कैले स्कूल ब्याग मै आउट ड्रेस कोचेर लान्थे । पाँच बजे देखी ६ बजेसम्म म्याथ पढ्थे त्यस पछी त्यही छेउको चोकमा म पढाउन जान्थे । यो क्रम टेस्ट परिक्षा आउन दुई महिना अगाडि सम्म चली रह्यो । त्यसपछी “अब आफ्नो पढाइमा समये देउ, ट्युशन फी म दिन्छु” भनिन आमाले र छोडे पढाउन ।

त्यसपछी मलाई खासै ट्युशन पढ्नु पर्ने पनि भएन । पद्मा कन्या स्कूलमा पढ्दा युनिफोर्को बन्देज र त्यसको कारण खप्नु पर्ने मानसिक हिन्सा खप्नु परेको क्रम अझ पद्मकन्या क्याम्पस पढ्दा भयो । क्याम्पस को क्लास पछी इङ्लिश लाङ्ग्वेज पढे १८ महिना । उत्तम ल्याङुएज हालको युनिवर्सल ल्याङगुएज । क्याम्पसको ब्याग उसै नि हामी भुगोलको बिध्यार्थिको अरुको भन्दा बडेमा को ठुलो हुने रिपोर्ट र फाइलहरु राख्नु पर्ने कारण । अझ क्याम्पसको युनिफोर्म खद्दरको धोती लगायतको राख्दा ब्याग त बडेमाको पोको बन्ने के । कहिलेकाही हतारमा आउट ड्रेस राख्न भ्याइन भने जाडो महिनाको समये छिटो रात पर्ने हुँदा हतारहतार कुदीकुदी घर जाग्नी पर्ने अझ बाटोमा भयो हाल्ने गाई पिके एती रातो कता बाट रु एस्ता शब्द सुन्नु पर्ने तत्कालिन पद्मकन्या स्कूल क्याम्पसका म जस्ता निरिह विद्यार्थी कती थिए होलान ।

अझ फागु पुर्णिमा आउँनु महिनौ अगाडि देखी त्रशित मानसिकता बोकेर हिंडेका ति कहाली लाग्दा दिनहरु सम्झिन्छु अनी ऐले होलीका दिनमा मरु, वँघ र न्हुसतक न्युरोडतिर युबा केताकेटी हरु एक आर्कालाई असार नपारी सहमति बिना रङ नलगाइ छोरी चेलीलाई छोला भनी बहुत सभ्य तरिकाले होली खेलेको देख्दा अचम्म लाग्छ कस्तो राम्रो परिवर्तन । हाम्रो पुस्ताले सान्च्चिक्कै हिन्सा खपेकै हो महिला भएकै कारण र महिला विद्यार्थी भएकै कारण । महिला हिंसा बिरुद्द को १६ दिने अभियान र हाम्रो पुस्ता ।

 फरक प्रसँग फरक बिचार आज को लागि येति नै ( “सम्झनामा आमा र महिला हिन्सा बिरुद्द को १६ दिने अभियान”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here