२४ घण्टामा २ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाए

90

काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा ३१६ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहायक प्रवक्ता डा. समीर अधिकारीले सो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ३५९ जना निको भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १५० जना संक्रमित थपिएका छन् । बुधबार थप तीनजनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ६ हजार ९५४ छ ।   पछिल्लो २४ घण्टामा २ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार दैनिक संक्रमण पुष्टि हुने दर प्रति एकसय जनामा २.६ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here