ओमिक्रोनले विश्वभर संक्रमण तीव्र हुने जोखिम बढेको डब्लुएचओको चेतावनीले दिएको सन्देश

55

— राज्यलक्ष्मी शाक्य
दुई वर्ष बित्यो कोरोनाको नाम सँगै यसको आतंक सुरु भएको । विश्व मानव समुदायलाई नै त्राहिमाम बनायो कोरोनाले । संसारका मैहु भन्ने शक्तिसाली देशहरु र धनाढ्य व्यक्तिहरु पनि कोरोनाबाट पराजित भएका छन् । एकपछि अर्को प्रजाति विकसित हुँदै जाँदा विज्ञान पनि असफ भइरहेको छ । खोपको विकास भए पनि यसको प्रभावकारिता सामान्य बन्न गएको छ ।
यसैबीच कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा सुरु भएको छ । ओमिक्रोनका कारण विश्वभर नै संक्रमण फेरि तीव्र भएको छ । संक्रमण तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने डब्लुएचओले जनाएको छ ।
डब्लुएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले गरिब देशहरुमा खोपको पहुँच पु¥याउनका लागि पुनः विश्व समुदायसँग आग्रह गरेका छन् । खोपले नै कोरोना भाइरसलाई जित्न सकिने हुँदा सबैमा पहुँच पुग्नुपर्ने उनले सुझाएका छन् ।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ । यस्तै यो भेरियन्टका कारण पुनः संक्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ । भेरियन्टका बारेमा तत्काल जानकारी सार्वजनिक गरेको भन्दै दक्षिण अफ्रिकाको प्रशंसासमेत भएको छ । तर धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् र दक्षिण अफ्रिकाले यो अन्यायपूर्ण रहेको जनाएको छ । नेपालले पनि दक्षिण अफ्रिकासँग आवागमन बन्द गरेको छ ।
डब्लुएचओले सावधानीका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको अवस्थामा ओमिक्रोन भेरियन्टले महामारीलाई गम्भीर चिन्ताको अवस्थातर्फ लैजाने चेतावनी दिएको छ । विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) ले गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमीक्रोन नामाकरण गरिएको यस नयाँ भेरियन्ट अहिले बोत्सवाना, बेल्जियम, हङकङ र इजरायल तथा नेपालको दक्षिणतर्पmको छिमेकी देश भारतमा समेत फेला परेपनि नेपालमा अभैm यसको संक्रमण देखिएको छैन । अहिलेसम्म पत्ता लागेको नयाँ भेरियन्ट मध्येमा सबैभन्दा खतरनाक तिब्ररुपमा पैmलिने जानकारी सार्वजनिक भइसकेकाले यसको संक्रमणबाट बच्न सरकारले विशेष सचेतता अपनाउन जरुरी छ ।
प्रायः जसो कोरोना भेरिएन्ट दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेटिएको पत्ता लागेको यस नयाँ भेरियन्ट ओमीक्रोनविरुद्ध हालसम्म बनेका खोप प्रभावकारी नहुने जनाइएको छ । यसको विरुद्धको खोप अव नयाँ आविष्कार गर्नु पर्ने हुन्छ । यसको लागि केही समय लाग्ने छ । खोपको विकास नहुँदासम्म यसको संक्रमणको तिब्र हुने र यसले मच्चाउने विनासलिला पनि जनमानसले भोग्नै पर्ने बाध्यता रहनेछ । पूराना खोपहरु नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने देखिएको स्वास्थ्यकर्मी, चिकित्सिकहरुले दावी गरिरहेका छन् । त्यसैले नेपाल सरकार समयमै सचेत बन्ने र खुल्ला सीमानालाई व्यवस्थित गर्ने, आवागमनलाई नियन्त्रण गर्ने आदि सुरक्षाका उपायहरु अवगलम्बन गर्नेतर्पm तदारुकता देखाउन जरुरी छ । पछि पछुताएर केही हुने उपलब्धी हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here