सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता

95

काठमाडौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका कार्डवाहकहरुले जनकपुरस्थित होटेल सिटिपार्क प्रालि जनकपुरमा विशेष छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंक र होटेल सिटिपार्कबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कको सेवासुविधामा विशेष छुट पाउनेछन्।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैंकिङमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here