कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०५ हजार २०५

67

 काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ सय ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०५ हजार २०५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here