परीक्षणबाट असफलसिद्ध कुडाकर्कटलाई नेता मान्नुपर्ने नेपाली नियति

61

–चन्द्रप्रकाश बानियाँ

एमाले महाधिवेशनको तातो बाँकी नै छ । कसैले भन्छन् ओलीले सानदार विजय प्राप्त गरे, कसैले भन्छन् – ओलीलाई चुनौती दिएर रावलले जिते रे ! वास्तवमा न ओलीले शानदार विजय प्राप्त गरेका हुन् न रावलले जमानत जोगाएर नाक जोगाएका हुन् । विचार र कार्यक्रमविहीन पार्टीको महाधिवेशन उसैपनि कुम्भमेला भन्दा फरक हुने कुरै थिएन । महाधिवेशन औपचारिकता मात्र थियो । नेतृत्व चयन गर्ने एजेण्डै थिएन । नेतृत्वचयन गर्ने होइन कसले ओलीको आशिर्वाद प्राप्त गर्ने, कसले टीका पाउने, कसले निगाह पाउने भन्ने होडवाजी मात्र थियो । रावलले चुनाव हारेका होइनन । ओलीको विश्वास प्राप्त गर्न नसकेका मात्र हुन् । प्रतिनिधिहरुले आफ्नो मत प्रकट गरेका होइनन्, प्रतिनिधमार्फत ओली मतले समर्थन प्राप्त गरेको हो । नेपालको राजनीति भरोसायोग्य बनेको छैन विवकेशील पनि छैन ।

एमाले महाधिवेशनको परिणामलाई देशको राजनीतिको पृष्टभूमीसँग दाँजेर हेर्नुपर्ने हुन्छ । थोरै अर्कोतिर चिहाउँ । कमसेकम दम्भ, अहङकार, गालीगलौज, घृणा र अवहेलनाका तिक्त वाणीहरु सार्वजकि गरेर भए पनि पूर्व प्रधानमन्त्री ओलीले मानिसलाई हँसाईरहन्थे । मनोरञ्जन दिन्थे र सरकारको अस्तिवबोध गराइरह्न्थे । हरेक दिन रेडियो, टिभी र छापाहरु खेल्नासथा उनका उटपट्याङ र उरेन्ठाउला कुरा सुनेर, देखेर, पढेर “ए ! सरकार ज्युँदै रहेछ” भन्ने अनुभुति गर्ने अवसर जनताले पाउँथे । मानिसले आफ्नो दुःख कष्ट र आवश्यकतामा सरकारलाई देख्न, सुन्न र अनुभव नर्ग नपाए पनि हसयौली, ठट्यौलीमा देख्न सुन्न पाउँथे । विडम्बना नै मान्नुपर्छ यतिखेर नेपालीहरुले सरकार छ छैन भनेर दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । सरकार न काममा देखिन्छ न बोलीमा ।

संसदीय व्यवस्थामा सरकार जनताले बनाउँछन् भन्ने कुरा गलत हो । जनताले सरकार बनाउन पाउने भैदिएका भए कमसेकम ओलीको विकल्प देउवा चुन्ने नै थिएनन् । कार्यकारीको निर्वाचन प्रत्यक्ष जनमतबाट हुने व्यवस्थामा मात्र सरकार निर्माणमा जनताको प्रत्यक्ष सहभागिता रह्न्छ । संसदीय व्यवस्थामा सरकार बनाउने जिम्मा संसदको हुन्छ । पार्टीले सरकार बनाउँछ । जनताले मत आफूले रोजेको उमेदवारलाई होइन, पार्टीले अघि सारेको उमेदबारलाई दिने हो । जनताले पार्टीलाई मत दिन्छन् । पार्टीको संसदीय दलले नेता चुन्छ । त्यही नेताको नेतृत्वमा सरकार गठन हुन्छ ।

गत निर्वाचनमा नेकपमाको पक्षमा जनताको अत्यधिक मत प¥यो । बहुमत प्राप्त दलको संसदीय दलले खड्गप्रसाद ओलीलाई नेता चुन्यो  । संसदीय दलको नेताको हैसियतले ओली प्रधानमन्त्री नियुक्त भए । दुर्भाग्यको कुरा के रहयो भने ओलीले विषयलाई त्यसरी बुझेनन् वा मान्न इन्कार गरे । जनताले होइन, पार्टीैले प्रधानमन्त्री बनाएको हो भन्ने कुरा बिर्से । पार्टी विपक्षमा हुनासाथ सत्तामा टिकीरहन अनेक तिकडदम र जालझेल गर्न थाले । संविधानका प्रावधानहरुको दुरुपयोग गरे । संविधान, परम्परा, अन्तराष्ट्रिय अभ्यास र व्यवस्थाका मूल्य मान्यताहरु उल्लङ्घन गर्न पुगे । जनताले पार्टीलाई मत दिएको वास्तविकता बिर्सेर मैलै जितेको र जिताएको भन्न थाले । पाँचवर्षका लागि जनअनुमोदित भन्न थाले । “म” भन्ने उन्को दम्भले पार्टीलाई छिन्नभिन्न मात्र बनाएन, उनको सत्तासमेत धरासायी भयो । ओली सत्ता तासको महलझैं गल्र्यामगुर्लुम ढल्न गुम्यो । उनको दम्भले उनैलाई पछा¥यो । उनको हातबाट केन्द्रिय सत्ता त गुम्यो गुम्यो, प्रदेश सरकारबाट समेत उनको पार्टी पूर्णतः वेदखल भयो ।

सुधारिएको भने पनि नेपालले अवलम्बन गरेको संसदीय प्रणाली नै थियो । संसदीय प्रणालीमा जनताले होइन, सरकार संसदले बनाउने हो । पार्टीहरुले बनाउने हो । ओलीले बिर्सेको कुरा त्यही थियो । आफूलाई व्यक्तिगत रुपमा जनताले पूर्णकालीन प्रधानमन्त्री बनाएका हुन भन्ने ओलीको बुझाई गलत थियो । नेपाली जनमत नेकपाको पक्षमा परको थियो । जनमतको कदर गर्नका लागि पार्टी जोगाउनुपथ्र्यों । पार्टी जोगिएका भए नेकपाले नेता बदलेर भए पनि पाँचै वर्ष सरकार बनाइरहन पाउँथ्यो । कुर्ची छोड्नुभन्दा पार्टी टुटाउनुनु फुटाउनु राम्रो भन्ने ओलीको दम्भले पार्टी त टुटयो नै जनमतको अपमान पनि भयो । पार्टी र सरकार सम्हाल्न नसक्ने ओलीको अयोग्यताको परिणामस्वरुप वर्तमान गठबन्धनको सरकराको जन्म हुन गएको हो ।

जनताको चाहना त पाँचै वर्ष नेकपाको सरकारले देश चलाओस भन्ने नै थियो । देउवा वा अन्य गठबन्धनको सरकारको पक्षमा जनमत थिएन । यहीँनेर बिर्सन नमिल्ने कुरो के हो भने जनमतले एमाले एक्लैलाई सरकार चलाउने जनादेश दिएको थिएन । न देउवा जनताका रोजाईका नेता थिए न ओली नै । जनताले रोेजेको नेकपा थियो । जनमत ओलीको पक्षमा थियो भने पनि न स्वतन्त्र व्यक्ति ओली न त एमालेका नेता ओलीको पक्षमा थियो । जनमत नेकपाको नेता ओलीको पक्षमा थियो । ओलीकै कारणले नेकपा तीन टुक्रा भयो । ओली तीनमध्येको एउटा टुक्राको नेता बने । जनमत एमालेले पाएको थिएन भन्नुको मतलब एमाले ओलीको पक्षमा जनमत थिएन भन्नुपर्ने हुन्छ ।

कहिलेकहीँ प्रत्यक्ष जनमतबाट निर्वाचित राष्ट्रपति पनि देश र जनताको लागि घाँडो सावित हुँदो रहेछ । भीडले नेता चुन्यो भने त्यस्तो दुर्भाग्य जन्मन जाँदो रहेछ । जनता असंगठित हुन्छ । असंगठित जनतालाई भीड भनिन्छ । भीडलेसधै विवेकयुक्त निर्णय लिन्छ भन्न मिल्दैन । संयुक्त राज्य अमेरिकाजस्तो लामो प्रजातान्त्रिक अभ्यास गरिसकेको मुलुकका जनताले पनि कहिलेकहीँ गलत निर्णय गर्न पुग्दो रहेछ । गलत नेता चुन्दो रहेछ भन्ने कुरा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सावित गरिदिएका छनज् । ट्रम्प भीडको रोजाईका उमेदवार थिए । उनलार्य उनको पार्टीले रोजेको थिएन । भीडको निर्णयका अगाडि पार्टी निरीह बन्यो । विवश बन्यो । परिणामतः ट्रम्पको स्वेच्छाचारिता र दम्भले सीमा नाघ्यो । उनले पार्टीको सम्मान गर्न पनि जानेनन्, ऐनकानूनको मर्यादा राख्न पनि सकेनन् । अर्थात भीडले गरेको निर्णयले पार्टी र देश दुबैलाई नोक्सान पु¥यायो ।

हरेक पार्टीहरुका आ–आफ्ना नीति र आदर्श हुन्छन् । लक्ष, सिद्धान्त र कार्यक्रम हुन्छ । पार्टी सदस्यहरु ऋादर्श र सिद्धान्तबाट दीक्षित भएनन् भने पार्टी अराजकहरुको भीडमा रुपान्तरित हुन्छ । विवेकले होइन, भीड भावना र उत्तेजनामा डोरिन्छ । भर्खर सम्पन्न भएको एमालेको अभिवेशनले त्यही कुरा प्रमाणित ग¥यो । पार्टीले प्रातिनिध छानेर महाधिवेशनमा पठाउँछ । एमालेले पार्टीपंक्तिलाई विचारविहीन भीडको रुपमा हुर्काएको थियो । परिणामतः भीडले आफ्नो चरित्र देखाउनु थियो देखायो ।

भीडको अविवेकपूर्ण निर्णयको सानो नमूना हेरौं । न रावल चुनाव जित्न लडेका थिए न कसैले उनले चुनाव लड्ने छन् भनेर पत्याएको थियो । साँचो कुरा गर्ने हो भने एमालेको महाधिवेशनलाई अध्यक्ष चुन्ने अधिकारै थिएन । त्यो र रबर स्टाम्प मात्र थियो । ओलीको नाम लगाउनुपर्ने छाप अन्त लगाउने अधिकार उसालाई थिएन । लगाएन । त्यसमा आश्चर्य मान्नै परेन । तर भुसाल र कार्की पार्टीका लागि आवश्यक पात्रहरु थिए । तिनलाई पनि भीडले नका¥यो । सकार्ने अधिकारै राख्दैनथ्यो । त्यस्तो चेतना पनि थिएन । उनीहरु दुत्कारिनुको कारण ओलीको आँखामा बिझाउनु थियो । ओलीका प्रियपात्र हुन नसक्दाको स्वाभाविक परिणाम उनीहरुको पराजय थियो । बरु ओलीका लागि रावल ग्राह्य हुनसक्थे । प्रिय हुनसक्थे । अध्यक्षको पदमा दावी नगरेका भए उनले आफ्नो हैसियत देख्ने अवसर पाउँदैनथे ।

अध्यक्षका दावा नगरेका भए रावलले ओलीको निगाह प्राप्त गर्नसक्थे । किनकि रावल र ओलीको सोच उस्तै उस्तै हो । जनुबेलामा देशमा व्यवस्था परिवर्तनकोलागि आन्दोलन चलिरहेको थियो । संविधान निर्माणको कार्य चलिरहेको थियो रावल ओलीको दुरुस्त डुप्लिकेट लाग्थे । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, पहिचान जस्ता विषयहरु ओलीलाई ज्सतै रावलका लागि पनि अरुचिकर थिए  जनजाति र मधेसीको नाम सुन्दा दुबैजनाका उसैगरी कन्सिरी तात्थे । विचारले दुबैजना विलकुल एउटै कारखाना उत्पादनजस्ता लाग्थे । त्यसैले एमालेका प्रतिनिधिहरुले रावललाई मन नपाराउनुपर्ने कारणै थिएन । ओलीको निगाह प्राप्त नगर्नुपर्ने कारणै थिएन । उनको पराजयको एक मात्र कारण ओलीको कुर्चीमा आँखा लगाउनु थियो । वास्तवमा एमालेका लागि विचारका दर्शनका दृष्टिले रावल पनि ओली जत्तिकै प्रिय छन् । हो, भुसाल र कार्कीहरु भने वर्तमान एमालेमा अटाउने व्यक्तित्व होइनन् । विवेकसून्य भीडले चिन्न सक्ने चरित्र उनहिको छँदै थिएन । उनीहरु वास्तवमै एमालेबाट उपेक्षित हुनुयोग्य पात्रहरु नै हुन् ।

नेपालका राजनीतिक दलहरुमा पार्टीहरुको चरित्र विकास हुन बाँकी नै छ । दलहरु दलजस्ता छैनन् । पार्टीमा प्रशिक्षित कार्यकर्ता होइन, भीड जम्मा भएको छ । भीडले गर्ने निर्णय अमेरिकी जनताले ट्रम्प रोजेजस्तै हुने नै भो । अझै आउँदा निकै वर्षहरु, अझै निकै दशकहरु हम्रा पार्टीहरु यस्तै रहनेछन् । एमालेले ओलीलाई चुन्यो, निकट भविष्यमा काँग्रेसले देउवालाई चुन्ने छ । “खाए खा नखाए घिच” भनेझै गरी नेपाली जनताले फेरि पनि ओली वा देउवाको हातमा देशको बागडोर थमाउनुपर्ने छ । पार्टीहरुले नै गलत नेता चुनेपछि मतदातासंग विकल्प नै के रहन्छ र ? फेरि पनि नेपाल र नेपालीहरु देउवा वा ओलीबाट शासित हुनुपर्ने अभिशापबाट मुक्त हुन पाउने छैनन् ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here