एएफसी लाईसेन्स प्राप्त ४ क्लब मध्ये शिर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनौट खेल्ने

142

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सातौ चरणका खेलहरु सकिएपछि एएफसी क्लब लाईसेन्स प्राप्त ४ क्लब मध्ये शिर्ष स्थानमा रहने एक टोलीले एएफसी कपको छनौट खेल्ने छ ।

अखिल नेपाल फुबट संघ (एन्फा) का अनुसार सातौं चरणको खेलपछि एएफसी क्लब लाईसेन्स क्लब मध्ये शिर्ष स्थानमा रहने एक टोलीले एएफसी कपको छनौट खेल्ने भएको हो ।

एएफसी क्लब लाईसेन्स प्राप्त गर्ने क्लबहरुमध्ये शिर्ष स्थानमा रहने क्लबले यस सिजन एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगिताहरुमा सहभागिता जनाउने नियम छ ।

एएफसी कप छनौट प्रतियोगिता भने आगामी अप्रिलमा हुने तयारी छ । ए डिभिवज लिगमा तेश्रो चरणका खेलहरु सकिदा नवप्रवेशी सातदोबाटो ७ अंकसहित शिर्ष स्थानमा छ । समान ७ अंक रहेको मछिन्द्र र मनाङ गोल अन्तरका आधारमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छ ।

समान ५ अंकका साथ संकटा चौंथो, पुलिस पाँचौं र आर्मी छैटौं स्थानमा छ । सातौंको थ्री स्टार, आठौंको ब्रिगेड, नवौंको च्यासलको समान चार-चार अंक छ। यस्तै दशौंको फ्रेन्ड्स, १३ औं स्थानको एनआरटी र १२ औं को हिमालयन शेर्पाको समान २ अंक छ । अंक विहिन जावलाखेल र एपीएफ १३ औं र १४ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here