ए डिभिजन लिगको तेस्रो चरणका खेल सम्पन्न

71

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेलहरू सकिएका छन्। तेस्रो चरणको खेल सकिँदासम्म नवप्रवेशी सातदोबाटो युथ क्लब अपराजित रहँदै ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। सातदोबाटोले लिगको ३ चरणको खेल सकिँदा ५ गोल गरेको छ भने १ गोल मात्र खाएको छ।

सातदोबाटोका अजयी मार्टिन्सले तेस्रो चरणमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबमाथि ४-१ ले को जित निकाल्दा ह्याट्रिक गरेका थिए। उनी जारी सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्।

यता, लिगको उपाधिको दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ। उसको ७ अंक रहेको छ।  यस्तै, ८ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा रहेको छ। उसको पनि ७ अंक रहेको छ। संकटा, नेपाल पुलिस र त्रिभुवन आर्मीले ५-५ अंक जोडेका छन्। उनीहरू क्रमशः चौथो, पाँचौ र छैटौं स्थानमा छन्।

यता, फ्रेण्ड्स, एनआरटी, हिमालयन शेर्पा, जावलाखेल युथ र एपीएफले जित निकाल्न सकेका छैनन्। जावलाखेल र एपिएफ त तीनै खेलमा पराजित हुँदै अंकबिहीन छन्। यी दुवै टोली रेलिगेशनमा जोनमा रहेका छन्।

लिगका तीन चरणका खेल सक्किदा कुल ४१ गोल भएका छन्। जुन औषत प्रतिखेल १.९५ गोल हो। लिगको दुई चरणसम्म २३ गोल भएको थियोे भने तेस्रो चरणमा भने १८ गोल भएको छ। पहिलो चरणमा १६ गोल र दोस्रो चरणमा ७ गोल भएको थियो।  तेस्रो चरणमा औषत प्रतिखेल २.५७ गोल हुँदा दोस्रो चरणमा ‌औषत प्रतिखेल १ गोल भएको थियो। दोस्रो चरणको तुलनामा तेस्रो चरणमा झण्डै दोब्बर बढी गोल भएका छन्।

यी गोलमध्ये दुई आत्मघाती हुन्। दुवै गोल तेस्रो चरणमा भएको थियो। पुलिसविरुद्धको खेलमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले ५३ सेकेन्डमै गोल गरे र यो जारी लिगमा सबैभन्दा कम समयमा भएको गोल रहेको छ। लिगमा सबैभन्दा कम समयमा भएको गोल भने थ्रीस्टारका दीपक अमात्यको नाममा छ। उनले ०५७ को लिगमा एनआरटीविरुद्ध १८ सेकेन्डमै गोल गरेका थिए।

लिगमा अहिलेसम्म गोल गर्ने खेलाडीहरू:-

१) मार्टिन्स अजयी (सातदोबाटो)-३
२) रुमेश बर्ताैला (च्यासल)-२
३) दिनेश राई (बीबीसी)-२
४)  सुमन लामा (पुलिस)-२
५) सुनिल बल (मछिन्द्र)-२
६) प्रकाश बुढाथोकी (फ्रेन्ड्स)-१
७) नथालिलया जुड (फ्रेन्ड्स)-१
८) सुदीप गुरुङ (सातदोबाटो)-१
९) सुशील राई (सातदोबाटो)-१
१०) त्रिदेव गुरुङ (हिमालयन)-१
११) विश्वास श्रेष्ठ (हिमालयन)-१
१२) लक्ष्मण रुचाल (संकटा)-१
१३) निरज वस्नेत (संकटा)-१
१४) फोडे फोफाना (संकटा)-१
१५) उत्तम राई (संकटा)-१
१६) निरज वस्नेत (संकटा)-१
१७) अनन्त तामाङ (थ्री स्टार)-१
१८) निशान खड्का (थ्री स्टार)-१
१९) राफेल बिडियास (थ्री स्टार)-१
२०) मिक्छेन तामाङ (थ्री स्टार)-१
२१) दिनेश राजवंशी (मनाङ)-१
२२) आफिज आलावाले (मनाङ)-१
२३) दयानन्द सिंह (मनाङ)-१
२४) फ्रायन्कलिन कुएटे (मनाङ)-१
२५) सुरज गुरुङ (बीबीसी)-१
२६) आषिश लामा (एपीएफ)-१
२७) बिके तामाङ (एपीएफ)-१
२८) विवेक वस्नेत (आर्मी)-१
२९) भरत खवास (आर्मी)-१
३०) सन्तोष हेमरुन (पुलिस)-१
३१) रञ्जित धिमाल (मछिन्द्र)-१
३२) एरिक विष्ट (एनआरटी)-१
३३) दीपेश घले (एनआरटी)-१
आत्मघाती गोल– करण रावत (सातदोबाटो), सीमान्त थापा (जावलाखेल)-१/१

तेस्रो चरणका खेलका नतिजा
जवालखेल ० – २ मछिन्द्र
हिमालयन शेर्पा १-१ पुलिस
ब्रिगेड ब्वाइज ०-१ आर्मी
च्यासल १-१ न्यूरोड
संकटा २-२ मनाङ
सातदोबाटो ४-१ एपीएफ
फ्रेण्ड्स १-१ थ्रीस्टार
जम्मा गोल –  १८
ह्याट्रिक –  १ (अजयी मार्टिन्स-सातदोबाटो युथ क्लब)

दोस्रो चरणका खेलका नतिजा 
आर्मी ०-० मछिन्द्र
ब्रिगेड ब्याईज ०-० न्यूरोड
जावलाखेल ०-१ पुलिस
हिमालयन ०-१ मनाङ
च्यासल १-० एपीएफ
संकटा २-१ फ्रेण्ड्स
सातदोबाटो १-० थ्रीस्टार
जम्मा गोल-७

पहिलो चरणका खेलका नतिजा
मछिन्द्र २-१ न्यूरोड
आर्मी १-१ पुलिस
जावलाखेल ०-१ मनाङ
ब्रिगेड ब्वाइज ३-२ एपीएफ
च्यासल युथ ०-३ थ्रीस्टार
हिमालयन शेर्पा १-१ संकटा
फ्रेण्ड्स ०- ० सातदोबाटो
जम्मा गोल -१६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here