माओवादी केन्द्रको राष्ट्रिय सम्मलेनबाट गर्न सकिने अपेक्षा !

51

चितवनमा सम्पन्न  नेकपा एमालेको १० औँ महाधिवेशनले नेपालमा कम्युनिष्ट समर्थक जनता धेरै रहेछन् भन्ने सन्देश प्रभाव गरेको छ । तर नेकपा एमालेका नेताहरुले त्यो जनलहर नेकपा एमालेको पक्षमा रहेको भन्ने भ्रम पालेका छन् । जनता कम्युनिष्टप्रति आकर्षित छन् भन्ने कुरा बुझेका नेताहरुले कम्युनिष्ट आचरण देखाउन सक्नु पर्दछ । तर नेकपा एमालेका नेताहरुमा कम्युनिष्ट आचरण पटक्कै देखिदैन ।

यसैबीच नेकपा माओवादी केन्द्रले पनि राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने जनाइएको छ । उनीहरुको प्रचार अभियान पनि सुरु भइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही मङ्सिर १६ देखि १७ गतेसम्म बसेको स्थायी समिति बैठकले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ ।

राष्ट्रिय सम्मेलनका प्रतिनिधि करिब १५ सय हुने भनिएको छ । माओवादी केन्द्रमा  उपस्थित हुने प्रतिनिधिहरु निश्चिय पनि नेकपा एमालेको  १० औँ महाधिवेशनमा उपस्थित नभएका मध्येबाट हुनेछन् । त्यहाँ रामबहादुर थापा बादलहरु  अवश्य रहनेछैनन् ।

माओवादी केन्द्रको विश्वस्त सुत्रले जनाए अनुसार प्रत्येक प्रदेशबाट ३० जनाको दरले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गरिनेछ ।  एक हजार पाँचसय संगठित सदस्य बराबर एकजना प्रतिनिध राष्ट्रिय सम्मेलनका लागि चयन हुनेछन् । अध्यक्ष प्रचण्डले जारी गरेको आन्तरिक परिपत्रअनुसार प्रत्येक प्रदेशले कम्तीमा एक जना घाइते र अपाङ्गता भएकालाई प्रतिनिधि चयन गर्नुपर्नेछ ।  केन्द्रीय सदस्यहरु स्वतः सम्मेलनका प्रतिनिधि हुने जनाइएको छ ।

कम्युनिष्ट पार्टीहरु जनवादी केन्द्रीयतामा विश्वास गर्छन् भन्ने मान्यता छ । तर नेपालका कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास देखिदैन । सबै कम्युनिष्ट पार्टीमा केन्द्रीयता लादिएको छ । कम्युनिष्ट पार्टीहरुले नेताप्रधान पार्टी बनाइरहेका छन् । त्यसैले पनि नेताहरु बिलासी बनिरहेका छन् । जनताप्रति कुनै सरोकार राख्नु पर्ने आवश्यकता नेताहरुले गरिरहेका छैनन् । नेताहरुको निकट रहेका कार्यकताहरुले नेताहरुको चाकडी गरेर फाइदा लिने काम गरिरहेका छन् । तर जनताले दुखः भोग्नु पर्ने अवस्था अन्त्य हुन सकेको छैन । कम्युनिष्ट पार्टीलाई नै दुई तिहाई नजिकको बहुमत दिएर जनताले सरकार बनाउने हैसियत बनाए । तर दुई तिहाई नजिकको बहुमतको सरकार जन अपेक्षालाई बेवास्ता ग¥यो । मुठ्ठिभर दलाल व्यापारीहरुको स्वार्थमा नेताहरु परिचालित भए । किसान र मजदुरहरुको हितमा कम्युनिष्ट नेताहरुको नेतृत्वको सरकारले समेत काम गर्न नसकेपछि कम्युनिष्ट पार्टीप्रति  जनतामा वितृष्णा पैदा हुनु स्वाभाविक हो ।

नेकपा एमालेको पक्षमा देखिएको जनलहर, नेकपा माओवादी केन्द्रमा देखिएको जनलहर र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा देखिएको जनलहर उस्तै—उस्तै देखिन्छ । तर नेताहरुमा जनताको भावना बुझ्ने चेत देखिदैन । यो अवस्थाले कम्युनिष्ट समर्थक जनतामा वितृष्णा पैदा गराइरहेको छ ।

माओवादी केन्द्रेको आगामी राष्ट्रिय सम्मेलनमा कति जना उपस्थित होलान् भन्ने कुरा महत्व राख्दैन । एमालेको भन्दा निक्कै कम उपस्थिति रहे पनि पार्टीले नीति कस्तो तय गर्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । देशमा विदेशी हस्तक्षेप बढेर गएको छ । यसको निराकरण कसरी गर्ने ? दक्षिणतिरको छिमेकी देशबाट भएको सिमा अतिक्रमण र नेपालको जलसम्पदामाथिको उस्को गिद्देदृष्टि विरुद्ध कसरी प्रस्तुत हुने ? यस्ता सवालहरु महत्वपूर्ण हुन्छन् । १० वर्षसम्म जनयुद्ध लडेर  १७ हजार नेपाली जनताको बलिदानीको जगमा टकेर बनेका नेताहरु नै बिलासी बनेपछि नेताहरुको आशा गर्ने ठाउँ देखिएको छैन ।  त्यसैले नेताहरुले  जनताको उपस्थिति भन्दा नीति र कार्यक्रम महत्वपूर्ण हो भन्ने बुझेर तदनरुप काम गर्न सकेभने नेकपा एमालेका नेताहरुमा जनलहरबाट विकसित भएको घमण्ड आपैm सेलाएर जानेछ । आगे माकेका नेताहरुलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here