न्ह्यगां जात्रा सुरू

251

कीर्तिपुर । काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँ (न्ह्यगां) ले जात्रा शुरु भएको छ । कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा विभिन्न गाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, वालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने प्रचलन रहेको रहेकाे छ ।

चनपाकाे तीनथानास्थित विष्णुदेवी मन्दिर परिसर (बखु)मा पौष अष्टमीमा हुने भएकाले यस जात्रालाई बखुमद जात्रा पनि भन्ने गरिन्छ । यस जात्रा अन्तर्गत नगाउँमा ‘धाल्चाः क्वाखायेकेगु जात्रा’ शनिबार सम्पन्न भैसकेको छ भने अहिले पाँगामा विष्णुदेवी र वालकुमारीको जात्रा भैरहेको छ ।

सोमबार कीर्तिपुरमा इन्द्रायणीको जात्रा र तीनथानास्थित बखुमा विष्णुदेवी, श्रीगणेश र भैरवको जात्रा हुँदैछ । बुखमा सोमबारसतुंगल, बोसिगाउँ, ल्हँकोत, टौखेल, मच्छेगाउँ, तीनथाना र नैकापबाट आइतबार राति ल्याएका खतजात्रालाई विधिवत रुपमा पूजाआजासहित सिन्दुर जात्रा गरेर आ–आफ्नो क्षेत्रमा लग्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here