जिप तुलसीपुरकाे सिरखोलामा पल्टिँदा ३ जनाको मृत्यु

86

दाङ । दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारका ४८ वर्षीय प्रेमप्रकाश शर्मा, कपुरकोट गाउँपालिका–३ कटौंजेरीकी २५ वर्षीया लालमती खड्का र कपुरकोट गाउँपालिका–४ धनबाङकी ४६ वर्षीया सौनी घर्तीको मृत्यु भएको छ ।

२० यात्रु सवार रा१ज ४३८ नम्बरको जिप सडकदेखि करिब सय मिटर तल खेतमा खसेको हो । उकालोमा गेयर फालेर ब्याक हुँदा जिप दुर्घटना भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here