सुदूरपश्चिमबाट कामका लागि भारत गएका १६५ जना बेपत्ता

117

डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ जना श्रमिक परिवारको सम्पर्कमा छैनन्।

भारतका विभिन्न शहरमा वर्षौंदेखि लाखौँको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए।

उनले भने, ‘कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ। त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ।’

श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ। भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा घनश्याम पाठकले बताए।

‘ऋण लागेर कमाउन भारत गएकाले त्यहाँ दुःख पाउने गरेका छन्। दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन्’, उनले भने। भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here