काभ्रे । पनौती नगरपालिका-५ चौकोट बस्ने ४० वर्षीय केदार पुतुवारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने २६ वर्षीय कबि नेपालीको घर अगाडि रहेको फलामको बिजुलीको पोल ढलेकोमा नेपालीले पुतुवारलाई बोलाई दुबै जना मिलि उठाउने क्रममा पोलले नजिकै रहेको ११००० भोल्टको तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका पुतुवारको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका
नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















