किम्फको सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड ‘गड्ज बफ्यालो पायाे

101

काठमाडौं । चार दिन चलेको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव– किम्फ’को १९ औं संस्करणमा यो वर्षको सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड ‘गड्ज बफ्यालो (भगवानको भैँसी)’ले पाएको छ। सोमबार भएको किम्फको समापन कार्यक्रममा विष्णु कल्पितको निर्देशनमा बनेको फिल्मलाई सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड दिइएको हो।

सर्वोत्कृष्ट अवार्ड पाएको कल्पितको फिल्म १४ मिनेट २० सकेण्ड लामो फिल्म रहेको छ। पर्वतीय अवार्डसँगै फिल्मले नेपाल पानोरमा विधातर्फको सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड पनि हात पारेको छ।

त्यस्तै, यो वर्षको किम्फमा नेपाल पानोरमा विधामा किरण श्रेष्ठको ‘येट एनओदर विन्टर’, पूजा गुरुङ र विभूषण बस्नेतको ‘द बिग हेडेड ब्वाई’, स्यामन्स एण्ड समुरिज’ले अवार्ड पाएका छन्। अन्तर्राष्ट्रिय फिल्म अन्तर्गतबाट पाभ्लो बारबासले निर्देशन गरेको ‘एभरेस्टः द हार्ड वे’ले सर्वोत्कृष्ट फिल्म अवार्ड पाएको छ।

हिमाल एसोसिएसनले आयोजना गरेको महोत्सव मंसिर २३ गतेबाट सुरु भएर चार दिन चलेको थियो। महोत्सवमा निर्णायकको रुपमा निर्देशक अनुप बराल, स्वीस चलचित्रकर्मी क्यारोलिन फिक र स्वीस लेखक मारियो कासेला रहेका थिए।

महोत्सवमा विभिन्न २८ देशबाट प्राप्त ६० वटा फिल्महरु देखाइएका थिए। ‘जलवायु कर्म’ नारासहितको महोत्सवनमा मुख्य गरि जलवायु परिवर्तनको समस्या र यसको समाधानसँग सम्बन्धित डकुमेन्ट्री, फिक्सन, लघु चलचित्र, एनिमेसनलगायतको प्रदर्शनसँगै विमर्शका कार्यक्रमहरु भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here