कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते  

60

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबारको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते जनकपुरमा गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य सीताराम केसीले बताए। अन्य ६ प्रदेशमा भने कांग्रेस अधिवेशन यसअघि नै भइसकेको छ।

क्रियाशील सदस्यता विवादका कारण प्रदेश २ को अधिवेशन हुन सकेको थिएन। राष्ट्रिय महाधिवेशन समेत गरिसकेको कांग्रेसले बल्ल प्रदेश २ को अधिवेशन गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here