अवैध लागूऔषध सहित पक्राउ

53

काठमाडौं । स्याङजाकाे भिरकोट नगरपालिका-७ खिलुङ बस्ने ४५ वर्षीय डुल वहादुर रोकालाई करिब १४ किलो अवैध लागूऔषध गाँजा, १ थान भरुवा बन्दुक र २७ वटा छर्रा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर
जाँच गर्ने क्रममा उक्त गाँजा र हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१७ डेबिट फल्स बस्ने १५ बर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा.३ ख २३९४ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी हाइसमा सवार ती किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here