सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित

60

काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले लगातार तेस्रो जित हात पारेको छ । आज बिहान ढाकामा बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित हात पारेको हो ।

बंगलादेशमाथि नेपालले २५-५, २५-१५ र २५-१७ को सेटमा जित निकालेको हो । अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । यस्तै, दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो । साविक विजेता समेत रहेको नेपालले ३ खेलमा ८ अंक जोडेको छ । आजको जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशले भने खाता खोल्न सकेको छैन ।

नेपालको पुरुष टोलीले पनि आज नै श्रीलंकाविरुद्ध खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजेदेखि सुरु हुनेछ ।नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बंगलादेशसँग ३-० को सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा भने गत उपविजेता उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here