कृष्णनगरमा बजार अनुगमनका क्रममा उचित सफाई नभएकाे भेटियाे

73

कपिलवस्तु । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुले कृष्णनगरमा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कृष्णनगर बजारका अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाइ पसल उचित सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख शिव शंकर मिश्रले बताए ।

सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किराना पसलमा अनुगमन गरिएको जानकारी दिँदै प्रमुख मिश्रले किराना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाइ बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको बताए ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएक वस्तुहरु फेला पारी जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक रामहरि लामिछानेले बताए ।

बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको किरना पसललाई एक हप्ताभित्र दर्ता गरि सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका विष्णु पोखरेलको भनाइ छ ।

अनुगमनका क्रममा कृष्णनगर नगरपालिकाका प्रशासन प्रमुख राजेश मिश्रा, इलाका प्रहरी कार्यालय कृष्णनगरका रामलाल चौधरी, पत्रकारलगायतको सहभागिता रहेको थियो । नारद कोहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here