कञ्चनपुर/ कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ४ जना घाइते भएका छन् ।
कञ्चनपुरमा दिउँसो गोलि चलेपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको छ । स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ भने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्का र एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाइएको छ ।
गृह मन्त्रालयले तारानाथ अधिकारीलाई खड्काको ठाउँमा पठाएको छ । त्यस्तै एसपी एसपी डिल्लीराज विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ ।


















