नवनियुक्त प्रधानन्यायाधीश जबराद्वारा शपथ ग्रहण

147

काठमाडौं / शितल निवासमा बुधबार बिहान एक समारोहबीच नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका थिए ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिकरोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रमाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको दाबीसमेत गरेका छन्।

आजै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश जबराले पदभार ग्रहण गर्ने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here