मोदीले फोनमा के भने प्रधानमन्त्रीलाई ?

145

काठमाडौं / नेपाली जनतालाई ६ महिनासम्म नाकाबन्दी गरेर दुःख दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर के भने होलान् ? यो सबैका लागि उत्सुकताको विषय हो । नेपालको विकासका लागि भारतले चाहने हो भने कुनै पनि क्षेत्रको विकास असम्भव छैन । भारतले चाहने हो भने बिजुलीबत्तीले नेपालका प्रत्येक घरहरूलाई झिलीमिली र कृषि क्षेत्रमा हरियाली बनाउन सकिने अवस्था छ । तर भारत नेपालको विकासका लागि भन्दा विनाशका लागि तत्पर भएर लागिरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालका प्रधानमन्त्री प्रचण्डलाई गत सोमबार आफै फोन गरेर लामो वार्ता गरे । यो वार्ताका पछाडि सदाशयता रहेको होला भनेर कल्पना पनि गर्न सकिंदैन । मोदीले फोन गरेर नेपालको स्थानीय चुनावलाई सफल पार्न सबैप्रकारको सहयोग गर्ने बचन दिएको भनेर प्रधानमन्त्री कार्यालयबाट मोदीको सकारात्मक सन्देश रहेको प्रचार भएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्पmबाट प्रधानमन्त्री प्रचण्डलाई आएको फोनको सन्दर्भमा प्रतिक्रिया दिंदै भनेका छन्– ‘मोदी जीले उताबाट फोन गर्नुभएको थियो । उहाँले तपाईंहरूले स्थानीय तहको निर्वाचन घोषणा गर्नुभएको छ, त्यसलाई सम्पन्न गर्न भारत सरकारका तर्पmबाट हरतरहको सहयोग रहन्छ भन्नु भएको छ ।’
सोमबार दिउँसो चार बजेतिर प्रचण्ड र मोदीबीच करिब १५ मिनेट फोन वार्ता भएको जानकारी प्राप्त भएको छ । फोन संवादमा हरतरहले चुनावमा सहयोग गर्ने बचन दिएका भारतीय प्रधानमन्त्री मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको भन्दै त्यसको प्रशंसा गरेको र निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहनेसमेत जनाएको समाचार सार्वजनिक गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाइका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिनुभएको जानकारी पनि सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भइरहेकै बेला भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपालका मधेस केन्द्रित राजनीतिक दलका नेताहरूलाई आफ्नो दूतावासमै बोलाएर दुई घण्टा लामो वार्ता गरेका छन् । राजदूत पूरीले मधेस केन्द्रित नेताहरूलाई गोप्य रूपमा के मन्त्रणा गरे भन्ने कुरा सार्वजनिक गरिएको छैन । पुरीले पनि चुनाव सहभागिताको निर्देशन दिएको चर्चा सुनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here