राष्ट्रपतिको हास्यास्पद अवलोकन

139

भक्तपुर/ भूकम्प गएको ठीक २ वर्ष पछि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति १२ गते विश्वसम्पदा सूचीमा रहेको दरबारका स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गरेकी छिन् । पुनर्निर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला संग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन राष्ट्रपतिले गरेकी छिन् । अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माणका क्रममा परम्परागत रूपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुने गरी काम गर्नुपर्ने सुझाव राष्ट्रपति भण्डारीले राखिरहँदा त्यहाँ उपस्थितहरूले खिन्नता प्रकट गरेका थिए ।
दुई वर्ष बितिसक्दा पनि भूकम्प पीडितहरूका घरहरू निर्माण गर्नतर्पm सरकारले चासो नदिएको अवस्थामा राष्ट्रपतिको सम्पदा अवलोकनप्रति स्थानीयवासीहरू असन्तुष्ट भएका थिए । स्थानीय स्रोतसाधन, जनशक्तिको प्रयोग हुनुपर्ने जोड दिदै राष्ट्रपतिले पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने सुझाव दोहो¥याएकी थिइन । दोहो¥याउने परम्परालाई निरन्तरता दिइरहनुपर्ने बाध्यतामा राष्ट्रपति भण्डारीको उपस्थिति राजतन्त्रकालीन राजाहरूको भन्दा फरक पाइएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here