काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र जारी छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् । अहिले उक्त प्रतिवेशनमा २० भन्दा बढी समूह बनाएर छलफल शुरू भएको छ ।
बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन छन् । नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ ।
छलफलका क्रममा फरक मत आएमा त्यसलाई समेत समेटेर प्रतिवेदन संशोधनसहित पारित गर्ने तयारी माओवादीको छ ।
बिहीबारसम्म चल्ने महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

















