खोटाङ– नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताएका छन्।
नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन्।
भट्टराईले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने खालका बुँदाहरू राखिएका कुनै पनि सम्झौताका लागि एमाले तयार रहेको स्पष्ट पारेका छन्। उनले सम्मानमा आधारित एमसीसी भने पास गर्न सकिने बताएका छन्।
‘यसका केही प्रावधान नेपाली जनताको आत्मनिर्णयको अधिकार, नेपालको सार्वभौमसत्ता र नेपालको भौगोलिक अखण्डतामा केही आँच आउने प्रकारका केही अस्पष्टताहरू छन्। यद्यपि हामीले अनुदान नलिने भनेको होइन, हामीलाई पुग्यो पनि भनेको होइन । हामी अनुदान लिने पक्षमा छौं।’


















