प्रदेश २ का सबै सार्वजनिक कार्यालयमा ‘पेन डाउन’

128

जनकपुरधाम / प्रदेश २ का मन्त्रीले सचिवलाई झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा कर्मचारीहरुले विरोध जनाउँदै तीन घन्टा ‘पेन डाउन’ भएको छ।

शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा विहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा ‘पेन डाउनु’गरि विरोध गरिएको हो। कर्मचारीहरुले ३ घण्टासम्म कामकाज नगरेपछि सेवाग्राहीहरुको विचल्ली भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै झापड हानेको विरोधमा सबै कर्मचारीले ‘पेन डाउन’ गरेका  हुन् ।

कर्मचारीहरुले आज बैठक बसेर आन्दोलनको आगामि रणनीति तय गर्ने नेपाल मधेसी निजामति कर्मचारी मञ्चका केन्द्रीय महासचिव बेचन कुमार महतोले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here