प्रतिनिधिसभा बैठक : प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति

154

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नको जवाफ दिँदै सबै आयोगका प्रतिवेदनलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने जनाएका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाका सदस्य चन्दा चौधरीले शुक्रबार संसदमा गरेको प्रश्नको जवाफ दिँदै  मेलमिलाप, सद्भावतर्फ जान तिनको प्रयोग गरिनुपर्ने जनाउदै विभिन्न समयमा विभिन्न आयोग गठन गरेको भन्दै प्रधानमन्त्री ओलीले औपचारिक वा अनौपचारिक रूपमा प्रतिवेदन सार्वजनिक भएको जनाए ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउनतर्फ मुलुक अगाडि बढ्ने भन्दै प्रधानमन्त्रीले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने भन्दा पनि त्यसको वास्तविक कार्यान्वयन गर्नेकुरामा ध्यान दिनुपर्ने जनाए ।

कहिलेकाँही चित्र, ऐनाभन्दा माथि आवश्यकता अनुसार अगाडी बढ्ने कुरालाई ध्यानमा राखेर त्यसको सकारात्मक कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ भन्दै मुलुक जनआन्दोलन, जनयुद्ध, मधेश, जनजाति लगायतका आन्दोलन गरेर नै त्यही आन्दोलनको निष्कर्षमा मुलुक अहिले यो ठाउँसम्म आइपुगेको अवगत गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here