माकेको जारी महाधिवेशनमा २५ समूहले रिपोर्टिङ गर्ने

103

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज (बुधबार) २५ समूहले रिपोर्टिङ गर्ने कार्यक्रम राखिएको छ।

 दिउँसो एक बजेदेखि सबै समूहका प्रतिनिधिले राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ।  प्रत्येक समूह लिडरलाई १५ मिनेको समय दिइएको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए।

‘मंगलबार २५ समूहमा प्रतिनिधिबीच  छलफल भयो, अध्यक्षको प्रतिवेदनमाथि सकारात्मक र नकारात्मक दुबै पक्षबारे छलफल गरेका छौं,’ भण्डारीले भने, ‘प्रतिनिधिले राखेको सुझावलाई समूह लिडरले राख्नु हुन्छ र सबै समूहको रिपोर्ट सुनेपछि अध्यक्षले जवाफ दिनुहुन्छ।’

 बुधबार २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्षले जवाफ दिने हुन सक्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here