डा. केसीका माग पूरा गर्न प्रम देउवा प्रतिवद्ध

127

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रा.डा. गोविन्द केसीले भेट गर्नुभएको छ । बिहीबार साँझ डा. केसीले मोहना अन्सारी, डा. विष्णु पोखरेल र ओमप्रकाश अर्यालसहित प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार जानुभएको हो ।

प्रधानमन्त्रीसँगको अघिल्लो भेटमा देउवाले डा. केसीका माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । डा. केसीले पुस ११ गते राख्नुभएका ७ बुँदे मागको विषयमा छलफल भएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here