पुँजिवादी राज्यसत्ता क्रियाशिल

194

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्रयाक्सन ईन्चार्ज मिलनले पुँजिवादी राज्यसत्ता क्रियाशिल रहेको र यसले निरन्तर जनघात र राष्ट्रघात लादिरहेको ठोकुवा गरेका छन । नेता मिलनले सो पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मंच अन्तरर्गत कालिकोट काठमाण्डौ सम्पर्क मंच, कञ्चनपुर काठमाडौं सम्पर्क मंच र बर्दिया
काठमाण्डौ सम्पर्क मंचको संयुक्त जिल्ला भेला उद्घाटन गर्दै सो ठोकुवा गरेका हुन्। नेता मिलनले पछिल्लो कडीका रुपमा एमसिसि परियोजनाको षडयन्त्र आएको ठोकुवा गर्दै एमसिसि परियोजनामार्फत अमेरिका नेपालको स्वाधीनतामाथि गिद्धे दृष्टीकोण राखिरहेको बताए । उनले देशको सार्वभौम अधिकार, आर्थिक, राजनीतिक, सामरिक र रणनैतिक परिवेशमा हस्तक्षेप र आफ्नो अधिनायकवाद लागु गर्न खोजिरहेकाले यसलाई कुनैपनि हालतमा खारेज गर्नुपर्ने बताए ।
यसैगरी नेता मिलनले भने – ” ३ बुँदे सहमतिमार्फत पार्टी सरकारसँग वार्ता गरेर शान्तिप्रकृयामा आएको तर दलाल सरकारले ३ बुँदे सहमति कार्यन्वयन गर्न आनाकानी र षडयन्त्र गर्ने तरखरमा रहेको आभास भएको छ, हामी स्पस्ट पार्न चाहन्छौ षडयन्त्र गरेर जनताको अधिकारलाई कुन्ठित पर्न खोजे त्यसको परिणाम भयानक हुन्छ । सरकार ईमान्दार बनोस, हाम्रो पार्टी ईमान्दारपूर्वक लागिरहेको छ । षडयन्त्र गरे त्यो षडयन्त्रलाई जनताले चकनाचुर पारिदिने छन । “
उनले जनतन्त्र संकटग्रष्त भएको र मुल्यवृद्धि चुलिएको भ्रष्टाचार मौलाएको छ भन्दै यसैसन्दर्भमा जनगणतान्त्रिक सम्पर्क मंच्लो ऐतिहाँसिक तेश्रो राष्ट्रीय सम्मेलनको संघारमा भएको बताउदै आगामी माघ ८ र ९ गते काठमाडौं  महासचिव विप्लवले उद्धघाटन गर्ने उक्त तेश्रो राष्ट्रिय सम्मेलनलाई भव्यपूर्वक सफलता बनाउन सबैलाई आग्रह समेत गरे ।
उक्त संयुक्त जिल्ला भेला सफलताको शुभकामना दिने अन्यवक्तहरुमा जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्ष कमरेड रत्न मगर, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कमरेड दयाराम लुहार तथा कमरेड रामदेव भट्ट थिए भने संयुक्त जिल्ला भेलामा जनगणतान्त्रिक सम्पक मञ्चकाे केन्द्रीय महासचिव पुर्ण श्रेष्ठ, सचिवद्धय शुशिल बलम्पाकी, खेम प्रधान, कोषाध्यक्ष कमरेड नरेन्द्र थापा अतिथीका रुपमा उपस्थित थिए । कञ्चनपुर  काठमाडौं  सम्पर्क मञ्चका  संयोजक दिपेश नागरिकको अध्यक्षतामा सम्पन्न भएको संयुक्त जिल्ला भेलाको स्वागत बर्दिया काठमाडौं  सम्पर्क मञ्चका संयोजक विमल थापाले गरेका थिए भने संयुक्त भेलाको संचालन कालिकोट काठमाण्डौ सम्र्पक मœचका गणेशबहादुर विकले गरेका थिए ।
उक्त संयुक्त जिल्ला भेलाले तिन ओटै जिल्लाको सम्पर्क समिति गठन गरेको छ । १५ सदस्यीय सदस्यीय कालिकोट काठमाडौं  सम्पर्क समिति गठन गरेको छ । जसमा अध्यक्ष पदम रावत, उपाध्यक्ष गणेशबहादुर विक, सचिव मोहनसिंह तिरुवा, कोषाध्यक्ष विरेन्द्र लुवार, सदस्यहरुमा विरेन्द्रटक लुहार, रत्न सुनार लगाएत रहेका छन ।
त्यस्तै कञ्चनपुर काठमाडौं  सम्पर्क समितिको ११ सदस्यीय समिति बनेको छ । जसको अध्यक्षमा दिपेश नागरी, उपाध्यक्ष रागव विष्ट, सचिव मनोज नागरी र सदस्यहरुमा रामदेव भटट, निरज विष्ट, सरोज नागरी, शुरेश विक लगायत रहेका छन् भने बर्दिया काठमाण्डौ सम्पर्क समितिको १३ सदस्यीय समिति बनेको छ । जसमा अध्यक्ष विमल थापा, उपाध्यक्ष शुरेश थापा, सचिव रत्न चौधरी, कोषाध्यक्ष गगनसिंह, सदस्यहरुमा मनिस कुमाल, तेजेन्द्र परियार, जनक चौधरीलगायत रहेका छन । संयुक्त जिल्ला भेलाले आगामी माघ ८ र ९ गते सम्पन्न हुने राष्ट्रीय सम्मेलनलाई भव्यढंगले सम्पन्न गर्न आ आफ्नो स्थानबाट भुमिका खेल्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here