मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडाई गर्न प्रमकाे

74

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् ।

देउवाले समयमै काम नहुने, काम राम्रो नहुने प्रवृत्ति अन्त गर्न निर्देशन दिए । जनतालाई कसरी सेवा र सुविधा दिन सकिन्छ, विकासका काम कसरी समयमै सक्ने, सेवाग्राहीले छिटोछरितो सेवा पाउने अवस्था सृजना गर्नेबारे गम्भीर हुन भनेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here