काठमाडौं । एनआईसी एसिया बैंककका ग्राहकले एनसेलको निःशुल्क डेटा पाउने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित एनआईसीले आफ्ना ग्राहकका लागि निःशुल्क डेटा सुविधा ल्याएको हो ।
यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप ९एनआईसी एसिया मोबैंक०, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङका लागि निःशुल्क मोबाइल डेटा पाउनेछन् ।
एनआईसीको मोबाइल बैंकिङ एपबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने लगायतका सेवा लिन सकिन्छ ।
त्यस्तै मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधा पनि एपबाटै पाउन सकिन्छ ।
बैंकको ‘आईसर्भ’ सेवामार्फत मोबाइल बैंकिङ सेवाहरू ९नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिनरपासवर्ड रिसेट०, ग्राहकसम्बन्धी सेवाहरू ९ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, अकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन लगायतका काम गर्न सकिन्छ ।
त्यस्तै टेलर सेवाहरू ९नगद तथा चेक डिपोजिट भौचर भर्ने० र कार्ड सम्बन्धी सेवाहरू (ई-कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रेप्लेसमेन्ट आवेदन र इन्स्टा बाई० ग्राहकले सरल तरिकाले लिनसक्ने छन् ।
त्यस्तै बैंकको वेबसाइट, इन्टरनेट बैंकिङ लगायतबाट पनि ग्राहकले विभिन्न सेवा लिनसक्ने जनाइएको छ ।


















