एमालेकाे प्रदेश अधिवेशन माघ २८ गते हुने

89

काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनहरू सारेको छ।

यसअघि आउँदो माघ ८ गतेका लागि तय भएका अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराए । कोरोना संक्रमण बढिरहेको र सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले प्रदेश अधिवेशनहरू सारिएको एमालेले जनाएको छ।
अहिले विभिन्न जिल्लामा एमालेका जिल्ला अधिवेशन चलिरहेका छन्। यही पुस २३ गते एकैपटक जिल्ला अधिवेशन उद्‌घाटन गरिएको थियो। कतिपय जिल्लामा नेतृत्व चयनमा सहमति नजुटेपछि मतदान गरिएको छ। सुर्खेत, अछाम लगायतका जिल्लामा आज मतदान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here