मूल्य वृद्धि ७ प्रतिशत नाघ्याे

800

काठमाडौ ।  चालु आर्थिक वर्षको मंसिर महिनामा मूल्य वृद्धि ७ प्रतिशत नाघेको छ। अघिल्लो वर्षको सोही अवधिमा २.९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर ७ प्रतिशत नाघेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ।

मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष (२०७७) मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ।

काठमाडौं उपत्यकामा उपभोक्ता मुद्रास्फीति ५.९१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, तराईंमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ मंसिरमा काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईंमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here