प्रधानमन्त्री देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दिए बधाई

82

काठमाडाैं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान पुगेपछि दाहाललाई प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु,’ देउवाले ट्विटरमा लेखेका छन्।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका थिए। उनको १० हजार ५ सय अंक छ। जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन्। उनको नौ हजार पाँच सय ९० अंक छ। यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ ६ हजार ९ सय २५ अंकसहित तेस्रो स्थानमा छन्।

पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन्।  नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो। पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन्। नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here