सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

54

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

उनले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको मंगलबार बताएका हुन् । महासचिव गुटर्रेसले भनेका छन्– ‘सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरूमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।’

केही दिनअघि यहाँ नागरिकले गरेको प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न उनले आग्रह गरेका छन् । उनले यस्तो हिंसाबाट कुनै पनि किसिमको निकास निकाल्न सहज छैन भन्दै सुडानी सरकार र यहाँका सबै राजनीतिक शक्तिले समयमै यो कुरा बुझ्नुपर्ने उनले बताए। सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here