साताकाे अन्तिम सेयर काराेबारमा सकारात्मक

104

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३.०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ।

३३ अंकको बृद्धिसँगै नेप्से २९३१.३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। बुधबार भने ६ अर्ब २ करोडको सेयर कारोबार भएको थियो।

आज व्यापार ४४, होटल तथा पर्यटन १८, विकास बैंक १७१, जलविद्युत ७६, फाइनान्स ७७, बीमा २७० र उत्पादन तथा प्रशोधन उपसमूह ३१ अंकले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here